काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वल्भ्सले बर्नलेलाई पराजित गरेको छ । घरेलु टोली बर्नलेले वल्भ्साथि २–१ को जित हात पारेको हो ।
ट्रप मुर बर्नलेमा सोमवार राति भएको खेलमा घरेलु टोलीको जितमा एस्ले बार्नेस र क्रिस वुड गोल गरे । वल्भ्सका फावियो सिल्भाले गोल गरेपनि जित हात पार्न भने सकेनन् ।

प्रतिस्पर्धात्मक खेलको ३५औं मिनेटमा चार्ली टेलरको पासमा एस्ले बार्नेसले गोल गर्दै बर्नलेलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको शुरु ५१औं मिनेटमा क्रिस वुडले गोल गर्दै बर्नले अग्रता दोब्बर पारे ।

जितसँगै बर्नले १३ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित वल्भ्स २० अंकसहित ११औं स्थानमा यथावत छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया