२२ जेष्ठ २०८०, सोमवार

मृतकको परिवारलाई दुई लाख सहयोग

२०७४,आश्विन,१५,आईतवार ०७:५६

0
Shares

पाल्पा, १५ असोज ।पाल्पाली समाज युएईले युएईमा ज्यान गुमाएका पाल्पा माथागढी गाउपालिका–४, झडेवाका २१ वर्षीय गंगा सारु मगरको परिवारलाई दुई लाख ३५ हजार नौ सय रुपैयाँ सहयोग प्रदान गरेकोछ ।पाल्पाली समाज युएईले मृतकको श्रीमती दुनिसा सारु मगरलाई दुई लाखको चेक र क्रिरिया खर्चका लागि थप ३५ हजार नौ सय नगद हस्तान्तरण गरेको समाजका महासचिव वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।गत असार ३० गते गंगा सारु मगर सुतेकै अवस्थामा मृत फेला परेका थिए । उनका श्रीमती, तीन महिनाको काखे छोरा र तीन वर्षको अर्का एक छोरा छन् । युएइमा रहेका पाल्पालीले आर्थिक संकलन गरी सो सहयोग गरेको समाजले जनाएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०७:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१