काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जनाइएको छ ।
नेकपाको आन्तरिक विवाद चर्केपछि आइतबार मन्त्रिपरषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरिएको भन्दै कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेको छ।
पछिल्लो पटक उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले हिजो सर्वदलीय बैठकसमेत बोलाएको थियो। बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायत सहभागी थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया