ओली-प्रचण्डको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बस्दै, एक अर्कालाई कारबाहीको तयारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले आज मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। पार्टीका दुवै पक्षले फरक–फरक स्थान र समयमा केन्दीय कमिटी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षको बैठक अहिले बिहान ९ बजे बालुवाटारमा तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बस्न लागेको हो ।

ओली पक्षको बैठकले प्रचण्डलाई अनुशासनको कारवाही गर्ने तयारी गरेको छ । अनुशासनहीन काम गरेको, आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै प्रचण्डलाई अध्यक्ष पदबाट हटाउने ओली पक्षको तयारी छ ।

तर यसअघि नै आइतबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरिसकेको छ । प्रचण्ड-नेपाल पक्षले सो निर्णयलाई आजको केन्द्रीय कमिटी बैठकमा लैजाने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?