चेल्सीसँग वेष्ट ह्याम पराजित

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । जितपछि १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा पुगेको छ भने वेष्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?