काठमाडौँ- लिम्बुवान राष्ट्रिय मोर्चा, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर बलिदानपूर्ण संघर्षबाट प्राप्त भएको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नांगो प्रहार भएको ठहर गरेको छ ।
मोर्चाका संयोजक मुकसामहाङ मेन्याङबो र सहसंयोजक त्रिवेणी चोङबाङले सोमबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिसमेतले सरकारको गलत सिफारिसलाई स्वीकार गर्नु आपत्तिजनक भएको उल्लेख गरिएको छ । मोर्चाले ओलीको यसखालको कदमको कडा प्रतिवाद गर्दै लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकताबद्ध हुन आह्वान समेत गरेको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको नयाँ मिति घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया