आज थपिए ७४२ जना कोरोना संक्रमित, सक्रिय केस ७ हजार ९७६ मात्रै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७९५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ७९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ७७ हजार १८१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४२१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?