प्रधानमन्त्री ओलीको कदमविरुद्ध जसपाद्वारा आन्दोलनको घोषणा

काठमाडौं । जनता समाजवादी पार्टीले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै जसपाले पुस ८ गते देशैभर प्रदर्शन गर्न लागेको हो ।

आज बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

आन्दोलनको बारेमा जानकारी दिँदै जसपाका नेता डा बाबुराम भट्टराईले भने, “जनता समाजवादी पार्टीले प्रम ओलीको संसद विघटन गर्ने असंवैधानिकरअलोकतान्त्रिकरप्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।” उनले थपे, “थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पौष ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?