बानेश्वरमा शुरु भयो प्रचण्ड नेपाल समूहको भेला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल समूहको भेला शुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रचण्ड नेपाल समूहले त्यसको प्रतिकारस्वरुप छलफल शुरु गरेका हुन् ।

सोमवार (आज) केही बेर अघि संसद् भवन वानेश्वरमा सांसदहरुको भेला शुरु भएको हो ।

आजको भेलामा नेकपाका उपाध्यक्ष वामदेव गौतम, रामबहादुर थापालगायतका नेता अनुपस्थित रहेको स्रोतले जनाएको छ । त्यस्तै भेलाको सञ्चालन नेता देव गुरुङले गरेका छन् ।

यसअघि प्रचण्ड नेपाल समूहले संसद विघटनको विरुद्ध कानूनविद् एवम् संविधानविद्हरुसँग छलफल एवम् परामर्श गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?