२२ जेष्ठ २०८०, सोमवार

दाङखोलामा मोटरेबल पुल नहुँदा समस्या

२०७४,आश्विन,१५,आईतवार ०७:४९

0
Shares

बाबियाचौर(म्याग्दी), १५ असोज ।म्याग्दीको दरवाङ धारापानी ताकम मुना सडक अन्तरगत दाङखोलामा मोटरेबल पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ ।मालिका गाउँपालिका–५ र धौलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने दाङ खोलामा मोटरेवल पुल नहुँदा धौलागिरी गाउँपालिकालाई जोड्ने एकमात्र दरवाङ धारापानी ताकम मुना सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् ।हिउँदमा पानीको सतह घटेको अवस्थामा खोलाबाटै सवारी साधन तार्ने गरिए पनि वर्षायामको चार महिना सिधा सवारी सञ्चालन हुन नसकेको यातायात व्यवसायी खुमबहादुर थापाले बताए ।उहाँका अनुसार पुल अभावमा सर्वसाधारण सवारी साधन परिवर्तन गरेर अथवा पैदल हिडेर गन्तब्यमा पुग्ने गरेका छन् । सामान ढुवानी लागत महँगो पर्न गएको छ । सो खोलामा पुल नहुँदा धौलागिरी गाउँपालिकाको धारापानी, ताकम, मुना, मुदी, लुलाङ र गुर्जाका बासिन्दा प्रभावित भएका छन् ।धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले दाङखोलामा अस्थाई पुल निर्माणका लागि यस वर्ष पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।वर्षा सुरु हुन अघिनै अस्थाई पुल निर्माणकार्य सुरु गरिएता पनि पूर्णता पाउन सकेको छैन् । अस्थाई पुल निर्माण गरेपछि नियमित सवारी सञ्चालन हुने अध्यक्ष पुनले बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०७:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१