काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतवार) संसद विघटन गरेपछि कतै विरोध कतै समर्थनमा प्रदर्शन भइरहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कतिपय सांसदहरुले यो कदम असंवैधानिक भएको भन्दै कानून व्यवसायीहरूसँग सल्लाह समेत गरेका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीको कदमबाट रुष्ट भएका नेकपाका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्ष कानूनविद्हरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई नमान्न सुझाव दिएका छन् ।
नेपाल बार एशोसिएसनका पूर्वअध्यक्षहरु शम्भु थापा, प्रेमबहादुर खड्का, वर्तमान अध्यक्ष चण्ढीप्रसाद श्रेष्ठ, पूर्वमहान्यायधिवक्ताहरु रमण श्रेष्ठ, मुक्ति प्रधान, युवराज श्रेष्ठ, सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अधिवक्ता टीकाराम भट्टराई लगायत कानून व्यवसायीले नेकपाका नेताहरूलाई प्रतिनिधि सभा जीवितै रहेकोले त्यसैअनुसार चल्न सुझाव दिएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया