काठमाडौं । अमेरिकाको टेक्सासमा बस्ने ९ वर्षीय बालकले २०२० मा यूट्यूबबाट सबैभन्दा धेरै पैसा कमाएका छन् । रायन काजी नाम गरेका ति बालकले खेलौना र गेम्सलाई अनबक्स गर्छन् र यसलाई रिभ्यू गर्छन् ।

उनले यूट्यूबबाट २०२० मा २९.५ मिलियन डलर कमाएका छन् । यो बाहेक पनि उनले विश्व ब्राण्डेड एण्ड टोय एण्ड क्लोथिङको माध्यमबाट २०० मिलियन डलर कमाएका छन् ।

उनको यूट्यूबमा विश्वमै धेरै हेरिएका ६० भन्दा धेरै भिडियो सामेल छन् ।


उनले सन् २०१५ मा भिडियो बनाउन शुरु गरेका थिए । उनी २०१८ र २०१९ मा सबैभन्दा धेरै पैसा कमाउने यूट्यूबर बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया