गृहमन्त्री बादल भेट्न पुल्चोक पुगे प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच भेटघाट भएको छ ।

सोमवार दिउँसो अध्यक्ष दाहाल नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपश्चात उत्पन्न राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रचण्ड बादलसँग भेट्न गएको स्रोतले जनाएको छ ।

पूर्व माओवादी खेमाका मानिएका बादल पछिल्लो समय प्रधानमन्त्री ओली निकटमा देखिएका छन् ।

संसद विघटनसँगै प्रचण्ड माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिँदा पूर्व माओवादी खेमाका बादल र उद्योगमन्त्री लेखराज भट्टले राजीनामा दिएका छैनन् ।

यसअघि गृहमन्त्री थापाले आफू निकटका नेता तथा सांसदहरुलाई मन्त्री निवासमा बोलाएर छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?