काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा र विद्यार्थी संगठनले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरेका छन्।
उक्त प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेल लगायतको सहभागिता थियो ।
संसद विघटनको समर्थनमा रहेका उनीहरुले समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिंदै सही पनि एमाले, मै पनि एमाले ‘नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो। यो बिना प्रचण्ड माधवले चुनाव जितेर देखाऊ।’ भन्दै नारा लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया