संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको कानूनी परामर्श : सर्वोच्च जाने गृहकार्य !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध कानूनविद्हरुसँग परामर्श थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसद विघटन गरेसँगै सोमवार(आज) कानूनविद् एवम् संविधानविद्हरुसँग परामर्श गर्दै प्रचण्ड नेपाल समूहले सर्वोच्च जाने तयारीमा जुटेका छन् ।

प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै प्रचण्ड नेपाल समूह कानुनी बाटोमा जाने निर्णयमा पुगेको हो ।

दाहाल नेपाल समूहले प्रतिपक्षी दलहरुसँग समेत सहमती जुटाएर सर्वोच्च जाने तयारीमा जुटेको स्रोतले जनाएको छ ।

आइतवार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल त्यसलाई अनुमोदन गरेकी थिइन् । प्रधानमन्त्री राष्ट्रपतिको कदम असंवैधानिक र निरंकुश भएको भन्दै त्यसबारे परामर्शमा नेताहरु जुटेका हुन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपासँगै देशको राजनीतिमा समेत तरंग पैदा भएको छ । प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाका असन्तुष्ट पक्षहरुले स्थायी कमिटी बैठक मार्फत ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?