काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध परामर्श थालेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसद विघटन गरेसँगै त्यसबारे संविधानविद् एवं कानुनविद्हरु छलफल गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार गरेको संसद विघटन गरेको कदम असंवैधानिक र निरंकुश भएको भन्दै त्यसबारे परामर्शमा नेताहरु जुटेका हुन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपासँगै देशको राजनीतिमा समेत तरंग पैदा भएको छ । प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाका असन्तुष्ट पक्षहरुले स्थायी कमिटी बैठक मार्फत ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय समेत गरेको छ ।

यता प्रधानमन्त्री ओलीले आइतवार साँझ नै चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट गरेका छन् । त्यस्तै सोमवार (आज) बालुवाटारमा आफूनिकटका मन्त्रीहरु साथै सांसदहरुसँग छलफल एवम् परामर्श गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया