काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले सोमवार (आज) दिउँसो ३ बजे देशवासीका नाममा विशेष सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
संसद विघटन गरेको भोलीपल्ट अर्थात सोमवार उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
आइतवार प्रधानमन्त्री ओलीले संसद विघटन गरेका छन् । मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति भण्डारीले त्यसलाई तत्कालै सदर गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया