काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल आफू निकटका नेताहरुसँग भेटघाटमा जुटेका छन् ।
गृहमन्त्री थापाले सोमवार बिहान आफू निकटका आधा दर्जन सांसद र नेकपाका १६ केन्द्रीय सदस्यसँगको छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नभएका गृहमन्त्री थापा मन्त्री निवास पुल्चोकमा छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले राजीनामा दिएपनि बादलले भने राजीनामा दिएका छैनन । राजीनामा नदिनेमा पूर्व माओवादी समूहबाट गृहमन्त्री थापा र उद्योगमन्त्री लेखराज भट्ट मात्रै रहेका छन् । तर बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा उद्योगमन्त्री भट्ट भने सरिक रहेका छन् ।
बादललाई प्रचण्डसँग मिल्न र ओलीसँग सहकार्य नगर्न आफूपक्षका नेताहरुले दवाव दिइरहेका बेला उनले छुट्टै भेला बोलाएको स्रोतले जनाएको छ ।
नेकपाका स्थायी कमिटी सदस्यहरु देव गुरुङ र पम्फा भुसाल समेत बादलले बोलाएको भेलामा सहभागी रहेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार बादलले बोलाएको भेटघाटमा केन्द्रीय कमिटीबाट सूर्यप्रकाश सुवेदी, सावित्रिकुमार काफ्ले, अमृता थापा मगर, हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, यशोधा सुवेदी, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, युवराज भट्टराई, रामदीप आचार्य र सुरेश आलेमगर लगायत सहभागी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया