बलिउडमा ड्रग्स : अभिनेता अर्जुन रामपाल एनसीबी अफिसमा उपस्थित

काठमाडौं । ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपाल सोमवार एनसीबीको अफिस पुगेका छन् ।

यो भन्दा पहिला उनलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोले सोधपुछका लागि बुधवार (१६ डिसेम्बर) मा नोटिस पठाएको थियो । तर निजी कारण देखाउँदै उनले २१ डिसेम्बरसम्मको समय माग गरेका थिए ।

आज २१ डिसेम्बरमा भने उनले आफ्नो साथमा केहि पेपर लिएर एनसीबी अफिस पुगेका हुन् । उनको घरबाट इलेक्ट्रोनिक्स डिभाइसको रिपोर्ट आएपछि उनलाई दोश्रो पटक एनसीबीले नोटिस पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?