कांग्रेसद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसद विघटन गरेसँगै कांग्रेस सभापति शेर बहादुर देउवाले अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीको कदम साथै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक आह्वान गरिएको हो ।

बैठकमा सत्तारुढ दल नेकपाका असन्तुष्ट पक्ष, जसपा, राप्रपा लगायतका दलहरुको उपस्थिती रहने स्रोतले जनाएको छ ।

यसअघि आइतवार प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै कांग्रेस, नेकपा, जसपा लगायतका दलहरुको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?