प्रधानमन्त्री ओलीविरुद्ध बिहानै अविश्वासको प्रस्ताव दर्ता

काठमाडौँ–  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज आइतवार बिहानै अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसदले प्रस्ताव दर्ता गराएका हुन् । संसद् सचिवालयका अनुसार आइतबार साढे १० बजेपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिसकेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?