अख्तियार प्रमुखमा राईसहित अन्य २ जना आयुक्तहरुको नाम सिफारिस

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वसचिव प्रेम कुमार राईसहित अन्य २ जना आयुक्तहरुको नाम सिफारिस गरेको छ ।

अख्तियारको प्रमुख आयुक्तमा राईसहित आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरेको हो ।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले राईलाई अख्यिारको प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा आज (आइतवार) संसद सचिवालयमा नामहरु सिफारिस गरिएको स्रोेतले जनाएको छ ।

प्रधानमन्त्रीको रिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन ।

संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?