प्रधानमन्त्री ओलीको कदमविरुद्ध वामदेवद्वारा भर्त्सना (विज्ञप्तिसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको कदमको भत्सर्ना गरेका छन् ।

उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदै संविधानको मर्म र भावनाविपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई लगाउनु ‘गैरसंवैधानिक कदम र भत्सर्नायोग्य’ उनले भनेका छन् ।

यस कदमले अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्य मान्यतालाई समाप्त गर्ने गौतमको विज्ञप्तिमा उल्लेख छ ।

उनले भनेका छन्, ‘झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै नेपालको सविधानको मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गर्न गणतन्त्रका सम्पूर्ण मुल्य मान्यतालाई समाप्त पार्नेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?