फिल्मको सीनमा चिरञ्जीवीले सोनूलाई पिट्न मानेनन्

काठमाडौं । सोनू सूदले लकडाउनमा आफ्नो कामले पाएको चर्चापछि फिल्ममेकरले लीड रोलको लागि आफूलाई अप्रोच गरिरहेको बताएका छन् । साथै उनको लागि भनेरै स्क्रिप्ट परिवर्तन गरिरहेको बताएका छन् ।

सोनूले शुक्रवार वी द वीमेन मा भर्चुअल सेशनमा साउथ इण्डियन फिल्म आचार्यसँग जोडिएको एक रोमाञ्चक भाग सुनाएका थिए । उनले सुपरस्टार चिरञ्जीवीले उनलाई पिट्न इन्कार गरेका छन् ।

 

शूटको बेला सीनमा पिट्नुपर्ने रहेपनि सोनूका फ्यानले आफूलाई गाली गर्ने भन्दै उनले पिट्न इन्कार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?