‘संसद विघटन जनमतको धोका हो’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै माइतीघरमा विरोध प्रदर्शन शुरु भएको छ ।

प्रधानमन्त्री ओलीको कदम विरुद्ध सत्तारुढ दलकै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

‘संसद विघटन जनमतको धोका हो’ भन्दै नाराबाजी गरिरहेका छन् । साथै सरकारको असंवैधानिक कदमको खारेजीको माग समेत उनीहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?