झलनाथ खनाल बालुवाटारमा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । आइतबारका लागि तय भएको पार्टी स्थायी कमिटीको बैठकको अन्यौलताकाबीच नेताहरू बालुवाटार जाने फर्कने क्रम जारी छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्यसँग छफलमा रहेको बुझिएको छ । यसअघि प्रचण्डले ओलीसँग समेत भेटेका थिए ।

आज (आइतवार) बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका प्रधानमन्त्री केपी हर्मा ओलीले संसद भंग गर्ने प्रस्ताव गरी राष्टपतिलाई भेट्न गएका कारण राजनीतिक माहोल तातेको छ ।

ठाउँठाउँमा ओलीविरुद्ध प्रदर्शन समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?