काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ६६ लाख ७९ हजार ६८४ रहेको छ भने १६ लाख ९२ हजा ९७६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
त्यस्तै ५ करोड ३७ लाख ९८ हजार ९४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ६ हजार ३६७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच डब्ल्यूएचओका आपत्कालीन स्वास्थ्य कार्यक्रम प्रमुखले कोरोना शुरुवात पत्ता लगाउनको लागि अन्तर्राष्ट्रिय विशेषज्ञको एक टीमलाई जनवरीको पहिलो हप्ता चीन पठाउने बताएका छन् ।
त्यस्तै अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओ एक पटक फेरि चीनलाई कोरोना फैलाएको आरोप लगाएका छन् ।
डब्लयूएचओका डाक्टर माइकल रयानले एक विशेषज्ञको टीमले वुहानमा गएर महामारीसँग जोडिएको स्थलको निरीक्षण गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया