१२ जेष्ठ २०७९, बिहीवार

अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

२०७४,आश्विन,१५,आईतवार ०७:३८

9
Shares

गाइघाट(उदयपुर) १५ असोज ।सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् ।यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान रहेको छ ।तर उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर दसैं आउन एक हप्ता अगाडि नै घरतिर हिडेपछि अहिले जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने बिरामी भने मारमा पर्न थालेको सेवाग्राही तथा स्थानीय जनताको गुनासो बढ्दै जान थालेको छ ।अस्पतालका प्रमुख डा. महेश खनालसहित प्रसूति विशेषज्ञ डा. फडिन्द्र बडाल र अर्का डा. अमिताभ ठाकुरसहितका डाक्टर दसैं आउन अगाडि नै घरतिर लागेपछि अहिले अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले डाक्टरको अभावमा उपचारको लागि दसौं हजार खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता आएको स्थानीय मोहन बस्नेतले बताए ।बस्नेतका अनुसार आफूले छिमेकी आफन्तलाई दसैंको समयमा प्रसूतिको उपचार गराउन अस्पताल लगेपछि अस्पतालमा कोही पनि डाक्टर नभएको र अहिले दसैं अवधिभरको लागि प्रसूति सेवा नै बन्द भएको अस्पतालका एक सहायक कर्मचारी बताउछन् ।यस्तै त्रियुगा नगरपालिका–१५ साउनेका अम्बर बहादुर मगरले आफूले दसैंको अष्टमीमा घरको एक बिरामी प्रसूति गराउन जिल्ला अस्पताल ल्याएको तर अस्पतालमा डाक्टर नभएको कारण अन्यत्र लानु भनेपछि सिरहाको लाहानस्थित निजी अस्पतालमा लगेको गुनासो गरे ।यस्तै अन्य रोगका बिरामी पनि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि महँगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उपचारका लागि आउने बिरामीका आफन्त बताउँछन् । 

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०७:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको लास फेला परेको छ । उदयपुरको त्रियुगा

हेटौंडा । जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२
विप्लव समूहको बैठक उदयपुरमा
 २०७९,जेष्ठ,१२,बिहीवार २०:०५
हेटौंडामा लागुऔषधसहित तीन जना पक्राउ
 २०७९,जेष्ठ,१२,बिहीवार १९:२२