काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेपछि नेपाल पत्रकार महासंघले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ ।
आज (आइतबार) केहिबेर अघि विज्ञप्ति जारी गरी महासंघले प्रधानमन्त्रीको यो कदम २०६२/ ०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संवैधानिक व्यवस्थाविरुद्ध भएको ठहर गरेको छ ।
महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।
त्यस्तै, सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूलाई प्रधानमन्त्रीको कदमको विरोध गर्न महासंघले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया