प्रधानमन्त्री ओलीद्वारा वैशाख २३ मा आम चुनाव गर्ने प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उक्त प्रस्ताव राखेका हुन् ।

त्यस्तै बैशाख २९ को विकल्पमा पनि छलफल भइरहेको समेत बताइएको छ ।

राष्ट्रपति भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्ने नगर्न भने बाँकी रहेको छ ।

प्रधानमन्त्री ओलीले आइतवार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइ संसद विघटनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव सिफारिस गरेसँगै चौतर्फी रुपमा आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?