काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संसद विघठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे कडा आलोचना गरेका छन् ।
दुई तिहाईको जनमत प्राप्त गरेको वर्तमान सरकारले जनमतलाई लत्याएर संसद विघटनको मोडमा गएको र जसको कारण जनमतको यो भन्दा ठुलो अर्को केही हुन नसक्ने बताएका छन् ।
ट्वीट गर्दै नेता पौडेलले भनेका छन्, “दुई तिहाईको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ। जनमतको योभन्दा ठूलो अपमान अर्को केही हुनै सक्दैन ।”
वर्तमान ओली सरकार स्थापनादेखि नै उदांगिएको भन्दै नेता पौडेलले अब सरकार पूर्ण रुपमा नागिंएको आरोप लगाएका छन् । साथै ओलीको उक्त प्रवृतिको प्रतिवाद गर्दै मुलुकलाई थप संकटबाट जोगाउन सबैले रोक्नुपर्नेमा जोड दिएका छन् ।
“स्थापना भएदेखि उदाङ्गिएको ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको छ।ओलीक्रेसीको प्रतिवाद गरौ देशलाई थप संकटमा जानबाट रोकौं। ” उनले भने ।
दुई तिहाईको सरकार यति ठूलो जनमत लाई लत्याएर संसद् विघटनको मोडमा छ।जनमतको योभन्दा ठूलो अपमान अर्को केही हुनै सक्दैन । स्थापना भएदेखि उदाङ्गिएको ओली सरकार अब पूर्णतः नाङ्गो भइसकेको छ।ओलीक्रेसीको प्रतिवाद गरौ देशलाई थप संकटमा जानबाट रोकौं।
— Pradip Paudel (@paudelpradipNC) December 20, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया