प्रधानमन्त्री ओली संसद विघटनको सिफारिस बुझाएर राष्ट्रपति भवनबाट बाहिरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर संसद विघटनको सिफारिस बुझाउँदै ओली शीतल निवासबाट बाहिरिएका छन् ।

आज बिहान बसेको आकास्मिक मन्त्रिपरिषदको बैठक बोलाई संसद विघटन गर्ने निर्णयसँगै प्रधानमन्त्री ओली राष्ट्रपतिसँग भेटका लागि शीतलनिवास पुगेका थिए।

प्रधानमन्त्रीको उक्त कदमबारे चौतर्फी व्यापक आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?