काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधि विघटनको सिफारिस असंवैधानिक भएको बताएका छ्न ।
उनले अधिनायकवादतर्फ उन्मुख यो कदमप्रती नेपाली कांग्रेसको गम्भीर असहमति रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा भने, ‘प्रतिनिसभा विघटनको सिफारिस असंवैधानिक छ। अधिनायकवाद उन्मुख यो कदमप्रती हाम्रो गम्भीर असहमति छ। संविधान विपरीतको सिफारिस स्वीकार गर्न रास्ट्रपति बाध्य हुनुपर्ने देखिन्न । यो कदमको राजनैतिक ३प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया