राप्रपाले बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सचिवालयको आकस्मिक बैठक बोलाएको छ।

बैठक आज अपरान्ह ३ बजे बस्न लागेको पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन्।

आज (आईतवार) बिहान बसेको मन्त्रि परिषद् बैठकले संसद् विघटनको प्रस्ताव गरेपछि विभिन्न पार्टीले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?