संसद विघटनको प्रस्ताव अप्रत्यासित, व्यवस्था नै खतरामा : अधिकारकर्मी प्याकुरेल

काठमाडौं । अधिकारकर्मी सुवोधराज प्याकुरेलले प्रधानमन्त्री ल्याएको संसद विघटन सम्बन्धी प्रस्तावबारे आपत्ती जनाएका छन् ।

प्रधानान्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद विघटन गर्ने प्रस्ताव आफ्नो लागि अप्रत्यासित रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको उक्त कदम संसदलाई पूर्णकालिन काम गर्न दिने नदिने बहुमत प्राप्त पार्टीको भूमिका भन्दा आफ्नो स्वार्थ पूर्तिका लागि लागेको टिप्पणी गरेका छन् ।

उनले लोकपथसँग कुराकानी गर्दै भने, “यो मेरा लागि पनि अप्रत्यासित हो । संसदलाई पूर्णकाल काम गर्न दिने र नदिने बहुमत प्राप्त पार्टीको भूमिका हुने तर ओलीले आफ्नो स्वार्थ पूर्तिका लागि अप्रत्यासित यस्तो निर्णय गर्नु गलत हो ।”

इन्सेक नेपालका पूर्व अध्यक्षसमेत रहेका प्याकुरेलले इतिहासलाई कोट्याउँदै भिमसेन थापा, वीपी कोइराला, गिरीजाप्रसाद कोइराला देखि वर्तमान केपी शर्मा ओलीले समेत पार्टी जनताको लागि हो भन्ने भन्दापनि आफ्नो स्वार्थ परिपूर्तीका लागि काम गरेको आरोप लगाएका छन् ।

त्यस्तै सरकारलाई सक्षम बनाउनका लागि आफ्ना गल्ती सच्याउनका लागि भन्दा पनि उरलधुरल पारी नेतृत्वमा जाने तछाडमछाडका कारण अहिलेका व्यवस्था नै खतरामा परेको टिप्पणी गरेका छन् ।

उनले भने, “इतिहासलाई हेर्ने हो भने भिमसेन थापा, वीपी कोइराला, गिरीजाप्रसाद कोइराला देखी अहिलेका राष्ट्रवादी ठान्ने केपी शर्मा ओलीसम्मले संसदलाई काम नदिने, सरकारलाई सक्षम बनाउन लाग्ने भन्दापनि उरालधुराल गर्दै नेतृत्वमा जाने तँछाडमछाडको प्रवृतिले अहिलेको परिणाम आएको हो । यो संविधानसम्बत छैन ।” 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?