काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विघटनको निर्णय लहडमा गरेको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीले गरेको संविधान विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी समेत गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दे उनले भने, ‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ।
@PM_Nepal ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया