२०७७, ५ पुष आईतवार ११:०१

सिडेनको अध्यक्षमा उमेश थानी निर्वाचित


प्रकाशित मिति : २०७७, ५ पुष आईतवार ११:०१

काठमाडौं । कांग्रेस निकट इन्जिनियरहरुको शुभेच्छुक संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं अध्यक्षमा ईन्जिनियर उमेश थानी विजयी निर्वाचित भएका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलका थानी १५० मतान्तरले विजयी भएका हुन ।

१८ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा रामचन्द्र पौडेल प्यानलका ई. ध्रुव थापालाई उछिन्दै थानी निर्वाचित हुन् । कुल २ हजार ८ भोट खसेको मध्ये बागमती प्रदेशको निर्वाचन केन्द्र काठमाडौंमा १ हजार ६६४ र काठमाडौंबाहिरका अन्य ६ मतदान केन्द्रमा ३४४ मत खसेको थियो ।

थानीको पक्षमा काठमाडौं केन्द्रबाट १ हजार ४२ र थापाको पक्षमा ९ सय ९ मत र बाहिरको अन्य ६ केन्द्रमा थानीको पक्षमा १७ भोट खसेको थियो ।

नेपाल विद्युत प्राधिकरणका पूर्वबोर्ड सदस्य, नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव र नेपाल इन्जिनियरिङ्ग काउन्सिलको पूर्वजिस्ट्रार रहेका ई थानीले सबैलाई साथ लिएर काम गर्ने जनाएका छन् ।सिडेनको अध्यक्षमा उमेश थानी निर्वाचित

काठमाडौं । कांग्रेस निकट इन्जिनियरहरुको शुभेच्छुक संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं अध्यक्षमा ईन्जिनियर उमेश थानी विजयी निर्वाचित भएका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलका थानी १५० मतान्तरले विजयी भएका हुन ।

१८ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा रामचन्द्र पौडेल प्यानलका ई. ध्रुव थापालाई उछिन्दै थानी निर्वाचित हुन् । कुल २ हजार ८ भोट खसेको मध्ये बागमती प्रदेशको निर्वाचन केन्द्र काठमाडौंमा १ हजार ६६४ र काठमाडौंबाहिरका अन्य ६ मतदान केन्द्रमा ३४४ मत खसेको थियो ।

थानीको पक्षमा काठमाडौं केन्द्रबाट १ हजार ४२ र थापाको पक्षमा ९ सय ९ मत र बाहिरको अन्य ६ केन्द्रमा थानीको पक्षमा १७ भोट खसेको थियो ।

नेपाल विद्युत प्राधिकरणका पूर्वबोर्ड सदस्य, नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव र नेपाल इन्जिनियरिङ्ग काउन्सिलको पूर्वजिस्ट्रार रहेका ई थानीले सबैलाई साथ लिएर काम गर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस