काठमाडौं । नवौं संस्करणको आइएमई नेपाल लिटरेचर फेस्टिभल पुस १४ र १५ गते पोखरामा हुने भएको छ । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यस पटकको लिटरेचर फेस्टिभल भर्चुअल रूपमा आयोजना हुन लागेको हो ।
फेस्टिभलका सबै सत्र सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक युट्युब च्यानलबाट लाइभ प्रसारण हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ ।
१६ सेसनमा विभाजन गरिएको यो सँस्करणमा ४० जनाभन्दा बढी वक्ता रहने छन् ।
पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझ हुनेछ। साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको महफिल कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया