११ चैत्र २०७९, शनिवार

कृष्णसारलाई कुपोषण बाट जोगाउन पोषणयुक्त आहार

२०७४,आश्विन,१५,आईतवार ०६:४९

0
Shares

कञ्चनपुर, १५ असोज ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ ।कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास लगायतका पोषणयुक्त आहार प्रति दिन पन्ध्र किलोका दरले खुवाउने गरिएको छ ।पोषणयुक्त आहार संगै मिनरल्स र आन्तरिक परिजिवीको संक्रमणबाट जोगाउनका लागि तीन तीन महिनामा जुकाको औषधि खुवाउदै आएको कृष्णसारको उपचारमा संलग्न पशु प्राविधिक धनिराम चौधरीले बताए ।बाह्य हिंसक वन्यजन्तु बाट जोगाउनका लागि बनाईएका ग्याविन बक्समा कृष्णसारलाई चर्नका लागि मसुरो, गहुँ, मकै, अरहर छर्नुका साथै किम्बुका विरुवा रोप्ने गरिएको छ ।चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकोस भनेर फेन्स वायर जडान गरिएको निकुञ्जका कर्मचारीहरुको भनाई रहेको छ ।सन् २०१२ सेप्टेम्बरमा दुई पटक गरि नेपालगञ्ज मिनी चिडिया घर बाट २२, सन् २०१२ को अक्टुवरमा केन्द्रिय चिडियाखाना जावलाखेलबाट छ वटा र कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट सन् २०१५ जुलाईमा १४ वटा गरि जम्मा ४२ वटा कृष्णसार स्थानान्तरण गरि ल्याईएको छ ।हाल संरक्षण क्षेत्रमा कृष्णसारको संख्या ५५ पुगेको छ । जसमध्ये बयस्क भाले १९ र पोथीको संख्या १५ र बच्चाको संख्या २१ रहेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको संभाव्यता अध्ययन पछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो ।कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृतिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०६:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११