कोदालोले हानेर १४ वर्षीय किशोरको हत्या

स्याङ्जा । स्याङजाको हरिनास गाउँपालिकामा एक व्यक्तिले कोदालोले हानेर १४ वर्षीय किशोरको हत्या गरेका छन् । हरिनास गाउँपालिका ५ आग्रीडाँडाका ३६ वर्षीय रेशम रानाले सामान्य विवादमा १४ वर्षीय शेरबहादुर थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

कोदालो प्रहारबाट किशोरको घटनास्थलमै मृत्यु भएको छ। हत्यामा संलग्न रानालाई पक्राउ गरी थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?