टिकटक बनाउन खोज्दा युवक झोलुङ्गे पुलबाट खसे, अवस्था गम्भीर

दाङ- के तपाई टिकटक बनाउन खोज्दै हुनुहुन्छ ? यदि त्यसो हो भने सावधान !

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । शनिवार  दिउँसो बबई गाउँपालिका–५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झोलुङ्ग पुलमा टिकटक बनाउने क्रममा लडेर तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइते थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकलमा रेफर गरिएको छ । उनको अवस्था अझैं पनि गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?