चिसो मौसममा तात्यो राजनीति, कांग्रेस र जसपाबीच २ बुँदे समझदारी

काठमाडौँ– मौसम चिसिंदै गएको छ तर नेपाली राजनीति झन् झन् तात्न थालेको छ ।

प्रधानमन्त्री केपी ओली आज दिनभर जसो भेटघाटमा ब्यस्त रहे । दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका प्रधानमन्त्री ओली अहिले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरिरहेका छन् ।

सत्तारुढ दल नेकपाको आन्तरिक विवाद चुलिएका बेला प्रतिपक्षी दलहरू पनि भेटघाटमा जुटेका छन् । शनिवार समाजवादी पार्टी (जसपा) का नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बूढानीलकण्ठस्थित देउवाको निवासमै पुगेर उनीहरुले देउवालाई भेटेका हुन् ।

जसपाका कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो लगायत नेताहरु देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् । वैठकमा कांग्रेसका शीर्ष नेता पनि सहभागी भएका छन्।

कांग्रेस र जसपाबीच २ बुंदे सहमति भएको छ । जस  अनुसार संसद अधिबेशन तत्काल बोलाउन सरकारसंग माग गर्ने र लोकतन्त्रको रक्षा तथा जन सरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?