देउवा भेट्न जसपाका नेताहरू पुगे बुढानिलकण्ठ, कांग्रेसका शीर्ष नेता पनि सहभागी

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी जसपाका शीर्ष नेता बुढानिलकण्ठ पुगेका छन् ।

प्राप्त जानकारी अनुसार देउवाको निवासबूढानिलकण्ठ पुगि जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतोले भेटेका हुन् ।

बैठकमा कांग्रेसका शीर्ष नेता पनि सहभागी भएका छन्।

उनीहरूबीच मूलत संसद खुलाउन दबाव दिनेबारे र समसामयिक राजनीतिक विषय विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?