काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भइरहेको छ । यसैबीच ओली प्रचण्डको भेटवार्ता शुरु भएको केहिबेरमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्डनिवास खुमलटार पुगेका छन् ।
ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् । प्राप्त जानकारी अनुसार ओली बिहान ११ बजे अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
६ महिनादेखि दुर्घटनाको मोडमा पुगेको सत्तारुढ दल नेकपाको विवाद सल्टिएको छैन । स्रोतका अनुसार अहिले तीनै नेताबीच खुमलटारमा भेटवार्ता भइरहेको छ ।
अध्यादेशपछि झनै उत्कर्षमा पुगेको पार्टी विवादपछि ओली पहिलोपटक आफैँ खुमलटार गई भेटवार्ता गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया