काठमाडौं – पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको चुलिँदो विवाद समाधानको प्रयासस्वरुप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटगर्न उनको निवास खुमलटार पुगेका छन्।
पार्टीभित्रको जारी गतिरोधका कारण पछिल्लो समय दुई अध्यक्षबीच लामो समय वार्ता हुन सकेको थिएन ।
प्रधानमन्त्री भएपछि ओली पहिलोपटक दाहाल निवास खुमलटार पुगेका हुन्।
पछिल्लो समय संवैधानिक परिषद् सम्बन्धी विधयेक सरकारले ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।
खुमलटारमा अहिले ओली र प्रचण्डबीच कुराकानी शुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया