थाहा पाईराखौँ – जाडोमा सुन्तला खानैपर्ने १० कारण

काठमाडौं । जाडो सुन्तलाको मौसम हो । यो मौसममा सुन्तला खानु अत्यावश्यक छ तर कतिपयले भने चिसो लाग्ला भनेर सुन्तला खाँदैनन्। यदि तपाई पनि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईका लागि यो सामाग्री खुराक बन्नेछ ।

कोलेस्टरोल घटाउन : सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।

रक्तचाप नियन्त्रण गर्न : सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

मिर्गौला स्वस्थ राख्न : सुन्तला खाँदा मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउन : सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

छालाको सुरक्षा : सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

भाइरल इन्फेक्सन हटाउँछ : सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउन : कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो बनाउन : सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

क्यान्सरबाट जोगिन : सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइने भएकाले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सरबाट जोगाउछ ।

मुटु बलियो बनाउन : सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पुर्याउँछन् ।
सुन्तलाका फाईदाहरु यस्ता छन्

-क्यान्सरको जोखिम घटाउन

-मिर्गौला स्वस्थ राख्न

-कलेजो जोगाउन

-कोलेस्टरोल घटाउन

-मुटु बलियो बनाउन

-भाइरल इन्फेक्सन हटाउन

-कब्जियत खुलाउन

-आँखा तेजिलो बनाउन

-रक्तचाप नियन्त्रण गर्न

-छालाको सुरक्षा गर्न

जाडोमा किन आवश्यक छ ‘भिटामिन सी’  ? 
भिटामिन सी एक प्रकारको भिटामिन हो । केहि जीव आफ्नो भिटामिन सी स्वतः बनाउन सक्छ तर मानिसहरुलाई खाना र अन्य स्रोतबाट भिटामिन प्राप्त गर्नुपर्छ । भिटामिन सी को राम्रो स्रोत भनेको ताजा फल र सब्जीहरु हुन् । त्यसमा पनि अमिलो फल हुन् ।

भिटामिन सीको एक प्रयोगशालामा पनि बनाउन सकिन्छ । भिटामिन सीको एस्कर्बिक एसिडको नामले पनि चिनिन्छ । यो भिटामिन हाम्रो शरीरको कार्यप्रणालीको सुचारु रुपमा चलाउनको लागि अति आवश्यक पोषक तत्वमा एक हो ।

यो पोषक तत्व फ्रि रेडिकल्सले हाम्रो कोशिकाहरुको बचाउ गर्छ । साथै शरीरमा भिटामिन ई को सप्लाईको पुनर्जिवित गर्छ र आइरनको अवशोषणको क्षमतालाई पनि बढाउँछ । यो एक एन्टिएलर्जिक, एन्टि अक्सिडेन्टको रुपमा पनि काम गर्छ । सुन्तला, टमाटर, आलु इत्यादि भिटामिन सीको राम्रो स्रोत हो । सिटरस फ्रुट्समा पनि भिटामिन पाइन्छ । भिटामिन सीको काम के हो त रु

किन चाहिन्छ भिटामिन सी ?

भिटामिन सीको खाद्य पदार्थको माध्यमबाट प्राप्त गर्न सकिन्छ । खासमा भिटामिन सीको राम्रो स्रोत आलु, सुन्तला, टमाटार हुन् । यसको साथै रातो खुर्सानी, अनारस, स्ट्रबेरी, स्याउ, अमिलो रसिलो फल, काँचो फल र सब्जीहरुमा भिटामिन सी पाइन्छ ।

अमला, कागती, अंगुर, केरा, अम्बा, मौसम, बयर, कटहर, सलगम, पुदिना, मुलाको पात, किसमिस, दूध, चुकन्दर, बन्दाकोपी, हरियो धनिँया, लट्टे र पालुंङोको साग इत्यादि भिटामिन सीको राम्रो स्रोत हो ।

भिटामिन सीको कमिको कारण केहि रोग जस्तै मोतिबिन्दु, छालाको रोग, गर्भपतन, रक्तअल्पता, भोक नलाग्नु आदि हुन सक्छ । भिटामिन सीले शरिरलाई धेरै रोगबाट बचाउन सहयोग गर्छ । यसको साथै श्वासप्रस्वास र पाचन प्रणाली सम्बन्धी रोगबाट पनि मुक्त गराउन सहयोग गर्छ ।

भिटामिन सी शरीरको लागि एकदमै महत्वपुर्ण छ । यसको कमि भएमा स्कर्भी रोग लाग्छ । साथै धेरै रोग लाग्ने सम्भावना पनि बढ्छ । यसको सेवनले क्यान्सरको सम्भावनाको पनि कम गर्छ । सबैभन्दा महत्वपुर्ण कुरा मस्तिष्कको कार्यमा पनि सहायक भुमिका खेल्छ । भिटामिन सीको मद्दतले हड्डि जोडिने कोलाजेन पदार्थ, ब्लड भेसल्स, लिगामेन्टस्, कार्टिलेज आदि अंगको पूर्णरुपबाट निर्माण सम्भव हुन्छ ।

भिटामिन सी मस्तिष्कमा एक रसायन सेराटोनिन बन्न महत्वपूर्ण भूमिका निभाउँछ र सेराटोनिन नामक रसायन हाम्रो निन्द्राको लागि जरुरी हुन्छ । यसले कोलेस्ट्रोलको पनि नियन्त्रणमा राख्छ ।

शरीरमा भिटामिन सी ले रसायनिक क्रियामा पनि सहयोग गर्छ जसकारण कोसिकाहरु सम्म उर्जा प्रवाहित गर्छ । भिटामिन सीले आँखाको रोग ग्लुकोमाबाट आँखालाई बचाउन सकिन्छ । यसको सेवन सन्तुलित मात्रामा गरेमा धेरै फाइदा हुन्छ ।

भिटामिन सी युक्त खाद्यपदार्थलाई ग्यास वा ओभनमा पकाउने वा उमाल्ने र धेरै लामो समय सम्म पौष्टिकता कम हुन्छ । त्यसैले भिटामिन सीको धेरै भन्दा धेरै लाभ उठाउनको लागि काँचो फल वा सब्जी नै खानुपर्छ ।

भिटामिन सी बाट हुनसक्ने हानीः

भिटामिन सीको उपयोग धेरैजसो मानिसहरुको लागि गरिन्छ, जसलाई यसको आवश्यकता हुन्छ ।

खासगरी छाला सम्बन्धी समस्या भएमा यसको सेवन गरिन्छ । जव मांसपेशी र धमनीहरुमा इन्जेक्सन लगाइन्छ तव यसको प्रयोग गरिन्छ । तर केही मानिसमा भिटामिन सी वाक वाक लाग्ने, उल्टी हुने, छाती पोल्ने, पेट दुख्ने, टाउको दुख्ने र अन्य दुष्प्रभावको कारण बन्न सक्छ । यस दुष्प्रभावको सम्भावना धेरै भिटामिन सीको खपतबाट हुन्छ ।

प्रतिदिन २००० मिलीग्रामभन्दा धेरै मात्रा सम्भवतः असुरक्षित हुन्छ । यसको केही दुष्प्रभाव हुन सक्छ । जसमा किड्नीमा पथरी र झाडापखला पर्छ । जुन मानिसमा किड्नीको पथरी हुन्छ उनमा प्रतिदिन १००० मिलीग्राम भन्दा बढीमात्रामा किड्नीको पथरी हुने खतरा बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?