काठमाडौं – रेशमलाल चौधरीलाई रिहाइ नगरी सजाय बढाएको र जिल्ला अदालतको फैसला उल्ट्याउँदै लक्ष्मण थारूलाई जन्मकैदको सजाय थप गरिएको भन्दै त्यसको विरोधमा थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ।
मोर्चाले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसला राजनीतिक पूर्वाग्रहमा आएको आरोप लगाउँदै भनेको छ, ‘उच्च अदालतको फैसला पूर्वाग्रही छ, जिल्ला अदालतले तीन वर्षको सजाय तोकेर रिहा गरेका नेता लक्ष्मण थारूलाई समेत जन्मकैदको सजाय सुनाइएको छ, यसमा मोर्चा भत्र्सना गर्दछ ।’
टीकापुरको घटना राजनीतिक घटना भएको भन्दै मोर्चाले राजनीतिक घटनामा जन्मकैद हुने भएपछि, साबिक कांग्रेस, एमाले र माओवादीका नेतालाई पनि हुनुपर्ने उनीहरुको माग छ ।
मोर्चाले न्यायका लागि सर्वोच्चको ढोका ढकढक्याउने पनि बताएको छ ।
उच्च अदालत दिपायलले गत बिहीबार टीकापुर घटनाका मूख्य योजनाकार भनिएका रेशमलाल चौधरीको जन्मकैदको सजाय कायम राख्दै उनलाई ज्यान मार्ने उद्योगमा थप पाँच वर्ष जेल सजाय तोकेको थियो।
यस्तै नेता लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय तोकेको थियो।
यो पनि पढ्नुहोस् : रेशमलाल चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया