काठमाडौं । म्याग्दीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका-५ पुलाचौर बस्ने १७ वर्षीय किशोरलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया