काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं स्थित चन्द्रागिरी नगरपालिका र किर्तिपुर नगरपालिकाको विकास निर्माण सम्बन्धी परियोजनाको अवलोकन गरेका छन् ।
मन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका र किर्तिपुर नगरपालिका जोड्ने पुलको अवलोकन गरेका हुन् ।
गत आर्थिक वर्षमा शिलान्यास भई निर्माण कार्य प्रारम्भ भएको पुलको काम भईरहेको छ । अवलोकनको क्रममा ८० प्रतिशत काम सम्पन्न भइसकेको र यसै वर्षको फागुनमा निर्माण सम्पन्न भइसक्ने देखिएको शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।
उनले काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ र १० मा विभिन्न विकास निर्माणको काम भइरहेको र ती सबैलाई समयमै सम्पन्न गरिने बताए । मन्त्री श्रेष्ठले उक्त स्थानमा रहेको विष्णुदेवी मन्दिर परिसरको एकिकृत विकास गरिने पनि बताए ।
कोभिड १९ को असर र वर्षायामको असरको बामजुद पनि पुल निर्माण गर्ने कार्य समयमै सकिने अवस्था देखिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए ।
यस वर्ष कोभिड १९ को कारण देशभरका निर्माणकार्यमा असर परेको छ । लामो समयको लकडाउन पछि बिस्तारै निर्माण क्षेत्रमा काम शुरु हुन थालेका छन् भने सम्बन्धित मन्त्रीहरुले अनुगमनमा तिव्रता दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया