शाहरुखको पठानमा सलमान र ऋतिक

काठमाडौं । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमलाई लिएर फिल्म निर्देशक सिद्धार्थ आनन्द पठान नामक फिल्म बनाइरहेका छन् ।

जसमा शाहरुख खान र दीपिका पादुकोण रअ एजेण्टको रोलमा रहेका छन् । यसका साथै डिम्पल कपाडिया पनि फिल्ममा देखिनेछन् ।

केहि दिन पहिला मात्र सलमान खान फिल्ममा सानो रोलमा देखिने बताइएको थियो ।

अब निर्माता आदित्य चोपडा ऋतिक रोशनलाई पनि फिल्ममा सानो रोलमा राख्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?